श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा « Khabarhub

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।

बोर्डले टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता स्टार खेलाडीहरुले टी- २० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ । हालै जिम्बाबेविरुद्ध शतक बनाएका अभिषेक शर्मालाई भने टिममा सामेल गरिएको छैन ।

टी-२० टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् । 

त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् ।

भारतले श्रीलंकासँग श्रीलंकामा २७ जुलाई देखि टी-२० सिरिज र २ अगस्ट देखि एक दिवसीय सिरिज खेल्ने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : ५२ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको