वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व संकलन « Khabarhub

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व संकलन


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो । 

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए । 

‘साउनमा रु ३२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन’, उनले भने।

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार राजस्व संकलन गरेको छ ।

 गत आव २०८०-८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजश्व संकलन भएको कर अधिकृत आचार्यले बताए । 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : ३७ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका