असोजबाट कात्तिकमा पुग्यो ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति « Khabarhub

असोजबाट कात्तिकमा पुग्यो ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । नायक अधिकारीले सोमबार नयाँ प्रदर्शन मिति कार्तिक ३० गतेलाई तोकिएको जानकारी दिएका हुन् ।

यसअघि असोज ३ गते फिल्मको प्रदर्शन मिति तोकिएको थियो । नायक अधिकारीका अनुसार फिल्मको प्राविधिक काम नसकिएपछि प्रदर्शन मिति हेरफेर गर्नुपरेको हो ।

हाल यस फिल्मको ‘पोष्ट प्रोडक्सन’को काम भारतको मुम्बईमा भइरहेको छ ।

चर्चित भारतीय कालकारहरुको अभिनय रहने भएकाले यस फिल्म निर्माण चरणको सुरुवातदेखि चर्चामा छ । ब्रह्मनम्दम्, अली, प्रदीप रावत, कविर दुहान सिंह र सुनिल वर्मालगायत भारतीय कालकार यस फिल्मको मुख्य भूमिकामा छन् ।

नेपाली कलकारहरूमा हरिहर र नीताको शीर्ष भूमिका छ भने प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकार पनि प्रमुख भूमिकामा छन् ।

यस फिल्मको कथा नायक अधिकारीकै हो । निर्देशन चन्द्र पन्तले गरेका छन् । प्रतीक पौडेल, निर्देशक पन्त र अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमोटोग्राफर कविरलालले खिचेका हुन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस फिल्मको निर्माता नीता आफैँ हुन् । कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । यस फिल्म नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ३ : ०७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि