मोदीसँगको भेटपछि आरजुले भनिन् : नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा छ « Khabarhub

मोदीसँगको भेटपछि आरजुले भनिन् : नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा छ


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

मोदीसँगको भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा रहेको बताएकी छन् ।

उनले भनिन्, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटमा भारतको तर्फबाट विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायतको सहभागीता रहेको थियो । भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु सहभागी थिए ।

भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल भएको बताएको छ ।

आइतबार भारतगएकी राणा भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

याे पनि

परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : ४९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण