बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटना न्यूनिकरण गर्न बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

रेयुकाई एइको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरणका लागि धुलिखेल स्थित काभ्रेभञ्ज्याङमा साना तथा ठूला सवारीसाधनका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेका हुन् ।

चालकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले  बताए । 

पछिल्लो समय चालकको उच्च र न्यून रक्तचापका साथै आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी दुर्घटना बढेको पाइएपछि यात्रुबस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको उनले बताए । 

उनका अनुसार, १ सय ९१ चालकको अकस्मात् स्वास्थ्य परिक्षण गर्दा ४६ जनामा उच्च रक्तचापको समस्या पाइएको र ६ जनामा मधुमेह तथा १० जनामा आँखाको समस्या देखिएको छ । उनीहरू सबैलाई थप स्वास्थ्य परीक्षण गर्न र औषधी सेवन गर्न सुझाव दिइएको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १ : ३० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको