बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सवारी दुर्घटना न्यूनिकरण गर्न बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

रेयुकाई एइको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरणका लागि धुलिखेल स्थित काभ्रेभञ्ज्याङमा साना तथा ठूला सवारीसाधनका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेका हुन् ।

चालकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले  बताए । 

पछिल्लो समय चालकको उच्च र न्यून रक्तचापका साथै आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी दुर्घटना बढेको पाइएपछि यात्रुबस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको उनले बताए । 

उनका अनुसार, १ सय ९१ चालकको अकस्मात् स्वास्थ्य परिक्षण गर्दा ४६ जनामा उच्च रक्तचापको समस्या पाइएको र ६ जनामा मधुमेह तथा १० जनामा आँखाको समस्या देखिएको छ । उनीहरू सबैलाई थप स्वास्थ्य परीक्षण गर्न र औषधी सेवन गर्न सुझाव दिइएको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १ : ३० बजे

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज