गढीमाई मेलामा खानेपानी अभाव हुँदैनः मन्त्री यादव « Khabarhub

गढीमाई मेलामा खानेपानी अभाव हुँदैनः मन्त्री यादव


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बारा – खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन् । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए ।

मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ । पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं”, उनले भने।

मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताए । उनले भने,“सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसक्नुभएको छ ।”

मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गरे ।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गरे । उनले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानुनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए ।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादवलगायत उपस्थित थिए ।

यसैबीच, मन्त्री यादवले कलैयास्थित करणराज पार्टी प्यालेसमा जनता समाजवादी पार्टीको जिल्ला भेलालाई सम्बोधन गरे । पार्टीका उपमहासचिवसमेत रहेका मन्त्री यादवले साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूसहित सिङ्गो पार्टी पङ्क्ति जुटेको बताए ।

“साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेका छौँ”, उनले भने, “जनताको सेवामा निरन्तर क्रियाशील रहँदै मधेससँगै समग्र देशकै समृद्धि र विकासलाई अगाडि बढाउन आफ्नो पार्टी प्रतिबद्ध छ ।”

कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेसको विकास र अधिकारका लागि अझै धेरै सङ्घर्ष गर्नुपर्ने धारणा राखे । उनले भने, “मधेसवासीको अधिकारका लागि हाम्रो सङ्घर्ष जारी छ र अब जसपाले नै परिवर्तनको नेतृत्व गर्नेछ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ५५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३