चिर्पट प्रहारबाट श्रीमानको हत्या « Khabarhub

चिर्पट प्रहारबाट श्रीमानको हत्या


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम– रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान मधु कुमालको हत्या गरेकी छिन् ।

आज बिहान दीपाले श्रीमानको टाउकोमा चिर्पट प्रहार गर्दा मधुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।

सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ ।

शव भने परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ५६ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्