हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ : अनुसन्धान भइरहेको छ « Khabarhub

हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ : अनुसन्धान भइरहेको छ

विवादित व्यक्ति निकोलशको दाबी : मैले खिचेको थिएँ


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको दाबीसहित सीसीटीभी क्यामेरा फोटो बाहिरिएपछि अर्को तरंग भएको छ।

यो फोटोलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् । यो फोटो फेक हो या वास्तविक भन्नेमा बहस जारी छ ।

यही फोटोलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान भइरहेको जनाएको छ।

‘हामीले फोटोबारे अनुसन्धान गरिरहेका छौँ, फेक या वास्तविक के हो, छानबिनपछि यसबारे निर्णय हुन्छ’, कास्की प्रहरी सूचना अधिकारीप्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले खबरहबसँग भने, ‘फोटो मैले खिचेको हो भनेर एकजना व्यक्तिले सामाजिक सञ्जालमा हाल्नुभएको छ। उहाँबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।’

यसैबीच फोटो मैले खिचेको भन्दै एकजना विवादित पात्र डाक्टर निकोलश भुसालले सामाजिक सञ्जालमा लेखेका छन् । उनले फेसबुक लाइभमा आएर आफूले हिरासतको सीसीटीभी फुटेजबाट फोटो बाहिर ल्याएर गल्ती गरेको भन्दै माफीसमेत मागेका छन् ।

‘जिल्ला प्रहरी कार्यालय कास्कीमा जाँदा रवि लामिछाने हिरासतमा बसेको सीसी क्यामेराको फोटो मैले खिचेको हो । मैले सामाजिक सञ्जालमा पाएर पोस्ट गरेको थिएँ’, उनले भनेका छन्, ‘फोटो त्यही सीसीटीभीबाट खिचेको हो मैले ।’

उता रविका सहयोगीसमेत रहेका रास्वपा नेता दीपक बोहोराले यो पोटो रविकै भएको जिकिर गरेका छन् ।

‘यो फोटो आएपछि आज प्रहरीले कडाइ गरेको छ । त्यो फोटो कसरी आयो ? छानबिन हुनुपर्छ । तर प्रहरीले कडाइ गरेको छ, चेकजाँच गरेको छ’, उनले कास्की प्रहरी कार्यालय अगाडिबाट लाइभ आएर भनेका छन्, ‘प्रहरीले यसबारेमा छानबिन सुरु गरेको भनेको छ ।’

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ११ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको