काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुरलाई सुरुवातमै झट्का लागेको छ ।
जनकपुरले सुरुवातीमै ओपनरद्वय सुवास कंशाकार र आशिफ शेखलाई सस्तैमा गुमाएको हो । तेस्रो क्रमका लिहारू मिलान्थालाई पनि जनकपुरले ९ बलमा २ रन बनाएको अवस्थामा गुमाएको छ । यी तीनै ब्याटरले दुई अंकको रन जोड्न सकेनन् ।
यसअघि पहिलो विकेटमा रुपमा मैदानबाट बाहिरिए सुवासले ६ बलमा ३ रन बनाए ।
उनी विपिन खत्रीको बलमा कर्णालीका कप्तान सोमपाल कामीमार्फत क्याच आउट भए । लिहारूलाई विलियम बिसिस्टोले नन्दन यादवबाट क्याच आउट गराए ।
दोस्रो विकेटका रुपमा बाहिरिएका जनकपुरका कप्तान आशिफले ६ बलमा ४ रन जोडे । उनी सोमपाल कामीको बलमा नन्दन यादवमार्फत् क्याच आउट भएका हुन् ।
दुई विकेट गुमेपछि जनकपुर दबाबमा परेको छ । ४ ओभरमा आइपुग्दा जनकपुरले २ विकेट गुमाउँदै मात्र १६ रन मात्रै जोडेको छ ।
अहिले क्रिजमा लाहिरु मिलन्था र आकाश त्रिपाठी छन् ।
कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ११९ रनको लक्ष्य पाएको छ ।
तस्बिरहरू : चिरायु शाक्य
प्रतिक्रिया