साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ « Khabarhub

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम चौधरी जेलमा भएका बेला साङ्लाले खुट्टा बाधेको फोटो सामाजिक सञ्जालमा राखेर स्ट्याटस लेखेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेको फोटो भाइरल भएपछि उनले रेशम चौधरीको फोटो सामाजिक सञ्जालमा आफूहरूमाथि विभेद भएको गुनासो गरेकी हुन् ।

उनले सार्वजनिक गरेको फोटोमा उनका श्रीमान् रेशम हस्पिटलको बेडमा साङ्लाले खुट्टा बाधेको अवस्थामा देखिएका छन् ।

रञ्जिताले आफ्ना श्रीमान् पनि त्यो बेला सांसद नै भएको बताउँदै लेखेकी छन्, ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहा पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो ।’

उनले लेखेकी छन्- ‘अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा पूर्व गृहमन्त्री माननीय रवि ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाही विभेद भएकै हो जस्तो महसुस भयो ॥

हाम्रो नागरिक  उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय वहाँ पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो॥
जय नागरिक

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ५ : १० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष