बैंकर्स र व्यवसायी छुट्याउन सम्भव छैन : पूर्वगर्भनर चिरञ्जीवी नेपाल | Khabarhub Khabarhub

बैंकर्स र व्यवसायी छुट्याउन सम्भव छैन : पूर्वगर्भनर चिरञ्जीवी नेपाल


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक (बाफिया) लाई प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल गर्न पठाइएको छ । सो ऐन समितिमा रहँदा बाहिर ‘बैंकर्स र व्यवसायी छुट्याउने’ पक्ष/विपक्षमा तर्कवितर्क भइरहेका छन् । के बाफियामा त्यस्तै व्यवस्था गरिएको हो त ? बैंकर्स र व्यवसायी छुट्याउन सम्भव छ ? सम्बद्ध क्षेत्रमा उठिरहेको यही जिज्ञासाबारे नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरञ्जीवी नेपालसँग गरिएको संक्षिप्त कुराकानीः

बाफिया संशोधन गरी व्यवसायी र बैंकर्स छुट्याउने कुरा आएको छ, यो प्रस्ताव कस्तो हो ?

जो सुकैसँग व्यवसायिकता हुँदैन, किनकी रिस्क (जोखिम) लिने क्षमता सबैमा हुँदैन । हिजो उद्योगी/व्यवसायीलाई नै ‘तिमीहरू बैंक खोल’ भन्ने, अहिले आएर ‘तिमीहरूलाई छुट्याउँछु’ भनेर हुँदैन ।

संसारमा कुन देशमा चाहिँ बैंकर्स र व्यवसायी छुट्याइएको छ ? बैंकमा स्वतन्त्र व्यक्ति राख्दा व्यवसायीको पैसा ती व्यक्तिले डुबायो भने त्यसको जिम्मेवार को हुने ? यी प्रश्नको जवाफ पनि दिनुपर्छ ।

बैंक तथा वित्तीय संस्था भनेकै व्यवसायिक कारोबार गर्ने संस्था हो । त्यसले नाफा खोज्छ । नाफा खोज्ने संस्थामा नाफाको सोच नै नभएको व्यक्ति राख्दा त्यो संस्था चल्दैन ।

एक प्रतिशत शेयर भएका व्यक्तिले अन्य संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव गरिएको छ, यो सम्भव होला ?

त्यसमा मिलाउन सकिन्छ । ऋण लिँदा पनि कति प्रतिशत शेयर भएका व्यक्तिले लिन पाउने भनेर बनाउन सकिन्छ ।

तर, व्यवसायी र बैंकर्स छुट्याउने काम चाहिँ बेकार हो । त्यो भयो भने नेपालमा लगानी गर्दा नराम्रो मात्रै सन्देश जान्छ, लगानी पनि बाहिरिन्छ । व्यवसाय भनेकै नाफामूलक कुरा हो ।

बैंकमा महिलाहरूको सहभागीता बढाउँदा कुनै समस्या हुँदैन । तर,  त्यो प्रावधान कहिलेसम्म अनिवार्य गर्ने भनी एकीन गर्नुपर्छ । यो काम सरकार र केन्द्रीय बैंकको हो   

हिजोको दिनमा जो व्यक्तिलाई बैंकमा ‘लगानी गर’ भन्यौँ, उनीहरूलाई अहिले ‘बैंकबाट हट’ भन्न मिल्दैन । बैंक गैरनाफामूलक संस्था होइन, नाफामूलक नै हो । केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक)ले ती संस्थालाई प्रभावकारी नियमन गर्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थामा कति प्रतिशतसम्म शेयर भएका व्यक्तिले ऋण लिन पाउने, कुन–कुन बैंकबाट लिनसक्ने भन्ने व्यवस्थाले केही फरक पार्दैन ।

समयअनुसार कुन ठाउँमा कसलाई कति प्रतिशतसम्म ऋण दिने भनी केन्द्रीय बैंकले नै आधार बनाउँदा राम्रो हुन्छ । तर, जे मन लाग्यो त्यही गरेर व्यवसायिकता मार्ने काम गर्नुहुँदैन ।

वित्तीय संस्थाको सञ्चालक समितिमा बस्दा निश्चित शैक्षिक योग्यता चाहिने कुरा विधेयकमा आएको छ । तर, व्यवसायीले भने ‘लगानी नै हाम्रो योग्यता हो’ भन्छन्, पैसा भएकै भरमा कसैले बैंक चलाउन सक्छ ?

म राष्ट्र बैंकको गर्भनर हुँदा बैंकहरूको सञ्चालक समितिमा ल्याप्चे लगाउनेहरू थिए । मेरै कार्यकालमा सञ्चालकहरूको शैक्षिक योग्यता तोकिएको हो । शैक्षिक योग्यताको कुरा केन्द्रीय बैंकले गर्ने हो ।

बैंकको सञ्चालक बन्न नियम तोकिएको छ, त्यसलाई अझै कडा ढङ्गले कार्यान्वयन गर्न लाग्नुपर्छ । स्नातकोत्तर गरेको, निश्चित वर्षको अनुभव भनी राख्दा अझै राम्रो हुन्छ ।

म राष्ट्र बैंकको गर्भनर हुँदा बैंकहरूको सञ्चालक समितिमा ल्याप्चे लगाउनेहरू थिए । मेरै कार्यकालमा सञ्चालकहरूको शैक्षिक योग्यता तोकिएको हो  

त्यसको लक्ष्य बैंकमा भएको रकमलाई सदुपयोग गर्ने हो । सञ्चालकले राम्रो गरोस् भनेरै यो सबै गर्ने लागेको हो । चाहे त्यो बैंक र व्यवसाय छुट्याउने कुरा होस् वा चाहे सञ्चालकको योग्यताको कुरा होस् – बैंकमा भएको रकम दुरुपयोग नहोस् भन्नकै लागि प्रस्ताव गरिएको हो ।

लघुवित्तलाई ‘ख’ वर्गको बैंक बनाउन सकिने प्रवधान पनि आएको छ, त्यसले फाइदा गराउँछ कि बेफाइदा ?

लघुवित्तले अत्यन्त तल्लो वर्गलाई समेटेको हुन्छ । ती वर्गका व्यक्तिलाई सही रूपमा कर्जा दिने लगुवित्तको काम हो ।

लघुवित्त पनि बैंक हो । ती संस्थालाई विस्तारै माथिल्लो स्तरमा ल्याउने कुरा राम्रो हो । बैंक तथा वित्तीय संस्था भनेको विश्वव्यापी सोच हो । सबैले सबै कुरा गर्न पाउनुपर्छ भन्ने कुरा हो ।

त्यसैले, लघुवित्तलाई अझै नियम र ऐनहरू थपेर बैंक वित्तीय संस्थाजस्तै थप सशक्त बनाउन सकिन्छ ।

सञ्चालक समितिमा महिला हुनैपर्ने प्रस्ताव छ, सो को सान्दर्भिकता के हो ?

केही समयको लागि यो व्यवस्था गर्दा राम्रै हुन्छ । हाम्रो संस्थाहरूमा महिलाको भन्दा पुरुषको संख्या बढी छ । यो महिला प्रतिनिधित्व बढाउन संविधानअनुसार गरिएको प्रस्ताव हो ।

त्यसो गर्दा केही नराम्रो हुँदैन । तर, त्यो प्रावधान कहिलेसम्म अनिवार्य गर्ने भनी एकीन गर्नुपर्छ । यो काम सरकार र केन्द्रीय बैंकको हो ।

डिजिटल बैंकलाई लाइसेन्स दिन आवश्यक छ ?

डिजिटल बैंक संसारकै आवश्यता हो । बैंकहरू पनि अहिले डिजिटलाइज भइसके । डिजिटल बैंक ल्याउने भन्ने कुरा ठीक हो ।

तर, त्यसलाई नियन्त्रण र नियमन गर्न हामीकहाँ आवश्यक जनशक्ति तयार हुनुपर्‍यो । अहिले भएकै बैंकलाई नियमन गर्न हामीलाई आच्छुआच्छु परिरहेको अवस्था छ ।

डिजिटल अपराध बढिरहेको छ । डिजिटल बैंक आउँदा उपभोक्ता नठगिउन् । त्यस निम्ति सशक्त नियमन हुनुपर्छ । लाइसेन्स मात्र दिइयो, नियमन गर्न सकिएन भने त्यसबाट उपभोक्ता ठगी हुने बाहेक अन्य काम हुँदैन ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ४२ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

शिक्षासँगै सीप कार्यक्रम सञ्चालन

मोरङ– पथरी शनिश्चरे वडा नम्बर ८ का सुप्रिम बिक र

राष्ट्रपति पौडेलबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि

अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनः सञ्चालन

सिरहा– लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी