राप्ती नदी सरसफाइमा युवाको सक्रियता | Khabarhub Khabarhub

राप्ती नदी सरसफाइमा युवाको सक्रियता


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेको राप्ती नदी आसपासमा फोहर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरूप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् । 

वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् । ‘ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्ज’का युवाले नदी सरसफाइका लागि अभियान बनाएर काम गरिरहेका अभियानका प्रमुख डा विनोद कर्णले बताए । 

ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्जका संस्थापक अध्यक्षसमेत रहेका कर्णले यस वर्षको दसैँ तिहारलगायतका विभिन्न चाडपर्वका अवसरमा नदीमा मूर्ति विर्सजन गर्दा भएको फोहर व्यवस्थापनका लागि युवाले सरसफाइ गरेको बताए । ‘हाम्रो अभियान भनेको नेपालगञ्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगञ्जको एक महत्वपूर्ण स्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ’, उनले भने । 

नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने कर्णले बताए। ‘यहाँ दसैँदेखिको फोहर उठाइएको छैन । यहाँ देखिएजति सबै फोहर उठाउनुपर्नेछ । माघ पूरै जाग्छ । फागुनको पहिलो हप्तासम्म संकलन भएको फोहर फोहर व्यवस्थापन गरी सक्छौँ ।’ अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उनले बताए । 

अभियानमा विमल प्रधान, महेश श्रेष्ठ, काशिम सिद्धिकी, किशोर केसी, उमेश शाह, नकुल खत्रीलगायत युवाको सहभागिता छ । अभियन्ता विमल प्रधानले नेपालगञ्जको पहिचानसँग जोडिएको राप्ती नदी सरसफाइ यहाँका युवाको जिम्मेवारी भएको बताए । 

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा–४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् । 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ०० बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि