पुँजीगत खर्च बढाउन सरकार प्रयत्नशील छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पुँजीगत खर्च बढाउन सरकार प्रयत्नशील छ : मुख्यमन्त्री पाण्डे


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार लागिपरेको बताए । 

सुरुका पाँच-छ महिना प्रक्रियामै जाने गरेकामा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उनले बताए । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताए। गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेकामा दुम्किबास-त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । यसका लागि सङ्घ सरकारले समेत अप्ठ्यारो फुकाई दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए। 

नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजीकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताए । 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ११ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा