पानीमा आश्रित चराको गणना सम्पन्न « Khabarhub

पानीमा आश्रित चराको गणना सम्पन्न


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ । 

बसाइ सरा गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी नारायणी नदी र बिभिन्न ताल तलैयाहरुमा गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए । 

उक्त चरा गणनामा चराबिज्ञहरुको विभिन्न टोली बनाएर गरिएको थियो । जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पूर्वी क्षेत्रमा पानी आश्रित ५३ प्रजातिका चरा भेटिएको उनले बताए । पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाट देखि पटना तालसम्म गरिएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुल देखि पश्चिम क्षेत्रमा ६१ प्रजातिको पानी चरा भेटिएको छ ।

चरा गणना दिव्यनगर राप्ती नदी गोला घाट माडीको बगई देखि रिउ नदीको दोभान सम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिष कुमार लिम्मुले बताए। जस मध्य पानी हास चेखेवाको सख्या सबै भन्दा धेरै रहेको पाइएको छ भने जलकौवा  खोया हास लक्ष्मण सारस र भुँडीफोर गरुड लगायतका करिब १४ हजार पानीमा आश्रित चरा भेटिएको लिम्बुले बताए । 

गणनाको क्रममा गत वर्ष नभेटिएकाप्रजाति चरा पूर्वी क्षेत्रमा भेटिएको छ । तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएको थिएन । पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाल लगायत दक्षिण पूर्व एसियाको ३५ देशमा प्रत्येक वर्षको जनवरी महिनामा एकै साथ गरिदै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : ०० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने