सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ : वर्षमान पुन | Khabarhub Khabarhub

सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ : वर्षमान पुन


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच आज भएको अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे ।

उपमहासचिव पुनले भने, “संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो, विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन ।” वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई मुलुकको आवश्यकतानुसार बनेको उनको भनाइ थियो ।

पुनले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र सङ्घीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए। राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताए।

ठूलो जनसङ्ख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गरे । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदैछ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : १२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार

आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं – विगत केही दिनदेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि

‘सहकारीको संस्थागत पुनः संरचनाले मात्रै समस्या समाधान हुन्छ’

ललितपुर – वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनः संरचना

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द

बर्दिया – अत्यधिक गर्मीका कारण यहाँको गुलरिया नगरपालिकाका विद्यालय थप