सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने « Khabarhub

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पिडीतहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् ।

चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पिडितहरूसँग भेटेका थिए । सभापति लामिछानेले आफु टेलिभिजनमा रहदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफुलाई थाहा नभएको भन्दै सहकारी पिडितहरुको पक्षमा आफु रहेको बताए ।

उनले टेलिभिजनमा रहदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र टेलिभिजनमा रहदा संचालनको लागि कुनै पनि सहकारीवाट पैसा ल्याउने निर्णय पनि नभएको बताए ।

उनले सवाल चितवनका सहकारी पिडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिबेदन तयार पारेको जानकारी दिए । करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पिडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगाएत खान समस्या भएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : २३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई