यू–१९ विश्वकपमा पाकिस्तानको उत्कृष्ट सुरुवात « Khabarhub

यू–१९ विश्वकपमा पाकिस्तानको उत्कृष्ट सुरुवात


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शनिबार भएको समूह ‘डी’ अन्तरगतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमा अल आउट भयो । उस्का लागि नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान समान २० रन बनाए । अन्य ब्याटरको प्रर्दशन उल्लेखनीय रहेन् । पाकिस्तानका लागि अहमेद हुसेनले ४ तथा मोहम्मद जेसनले ३ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर सहजाइब खानले सतक प्रहार गरे । उनले १२६ बल खेल्दै १० चौका र ३ छक्काको मदतमा १०६ रन बनाए । त्यस्तै मासाद बेगले ५०, राइज उल्लाले ४६ रन, उबाइद साहले २२ बनाए । अफगानिस्तानका खाली अहमेदले ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : ४३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना