रास्वपाका नेताहरूद्वारा ठिमुरा पुलको निरीक्षण « Khabarhub

रास्वपाका नेताहरूद्वारा ठिमुरा पुलको निरीक्षण


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले चितवनको भरतपुर र तनहुँको देवघाट जोड्ने ठिमुरा पुलको निरीक्षण गरेका छन् । शनिबार भरतपुरमा आयोजित ध्यानाकर्षण सभाका लागि चितवन पुगेका पार्टी सभापति रवि लामिछाने र उपसभा पतिस्वर्णिम वाग्लेले ठिमुरा पुलको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि उपसभापति वाग्लेले पुलहरूले दूरी घटाउने र लागत कम गर्ने बताउँदै आँबुदेखि दमौली खण्डको पृथ्वी राजमार्गको स्तरोन्नति पनि सन्तोषजनक भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दूरी घटाउने, लागत कम गर्ने। आज भरतपुर र देवघाट जोड्ने ठिमुरा पुलको निरीक्षण गरियो, भोलि घुमाउने पुलको पछिल्लो अपडेट लिइनेछ। आँबुदेखि दमौली खण्डको पृथ्वी राजमार्ग स्तरोन्नति राम्रै अघि बढेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, ऊर्जामा नयाँ अग्रसरता छ। माघ १० र १३ दमौली आउँदा फन्टुस, निरर्थक हल्लाका एकमुष्ट जवाफ पनि दिनेछु।’

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : ११ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा