क्रिकेट खेलाडीलाई रू १० लाख सहयोग « Khabarhub

क्रिकेट खेलाडीलाई रू १० लाख सहयोग


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ ।

साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको रु २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र