एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’ | Khabarhub Khabarhub

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

कास्की– मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगितामा मधेस प्रदेश दोस्रो पटक च्याम्पियन बनेको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको हिजो सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बनेको हो ।

यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले ५० हजार र ट्रफीमा चित्त बुझायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २० ओभर २ बलमा ८६ रन जोडेर ‘अलआउट’ भयो । सुदूरलाई सस्तैमा रोक्न मधेसका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिए ।

सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक–एक विकेट लिए । उपाधिका लागि ८७ रनको लक्ष्य मधेसले २० ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍याे  ।

सुरुआती चरणमा मधेसको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक–एक विकेट लिए ।

गत माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए ।

प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित भए । मधेस प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए । उनले एक ५२ रन बनाएका थिए ।

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । ‘वन डे फर्म्याट ’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो । प्रतियोगितामा मधेस र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम तथा आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ३३ बजे

सांसद ढकालको माग : मुक्त कमैयालाई १८ वर्षअघिको लालपुर्जा सरह उपभोग अधिकार दिनुपर्छ

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त

ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच

‘खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता’

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र

खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले