वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपालको प्रभावशाली जित « Khabarhub

वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपालको प्रभावशाली जित


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार साँझ सम्पन्न खेलमा सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा नेपालले विजयी सुरुवात गरेको हो ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एकरएक गोल गरे ।

नेपालको तर्फबाट खेलका १० औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन । त्यसको तीन मिनेट मै अनिता बस्नेतले कर्नर मार्फत सुन्दर गोल गरिन् । त्यस्तै नेपालका लागि १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३–० शुन्यको अवस्थामा पुर्याएकी थिइन् ।

खेलको ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो । खेलको दोस्रो हाफमा नेपालले एक गोल थप्यो । नेपालका लागि खेलको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

नेपाली महिला फुटबल टोलीले पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो। मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो।

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।

नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ४६ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर