बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस् « Khabarhub

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख। फागुन शुक्ल एकादशी तिथि । आज आमलकी एकादशी, विश्व मुख स्वास्थ्य दिवस र अन्तर्राष्ट्रिय खुशी दिवससमेत परेका छन् ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ।

पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ
-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : ३७ बजे

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

भद्रपुर– उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ– डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि