रहेनन्‌ पाइलट बाबा « Khabarhub

रहेनन्‌ पाइलट बाबा

विङ कमाण्डर कपिल सिंह यसरी बनेका थिए सोमनाथ गिरि


४ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अद्वैतमार्गी योगी सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहबाट प्रताडित उनको उपचारक्रममा भारतको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।

भारतस्थित विहारको सासाराममा सन्‌ १९३८ मा जन्मिएका कपिल सिंह समयान्तरमा अद्वैतमार्गी भई कपिल अद्वैत बनेका थिए । नेपालको हिमालय क्षेत्रमा साधना गरेका उनले भक्तपुरको गुण्डुमा पाइलट बाबा आश्रम समेत स्थापना गरेका छन्‌ ।

पाइलट बाबा सन्यासीहरूमाझ सोमनाथ गिरिका नामबाट चिनिन्छन्‌ । भारतमा सन्यासीहरूको सबैभन्दा ठूलो जुना अखडाका महामण्डलेश्वर पाइलट बाबाले मकवानपुरको त्रिखण्डीमा नेपाली गुरु हरि गिरि महाराजसँग दीक्षा लिएका थिए ।

उनले भारतका हरिद्वार र गङ्गोत्रीलगायत अनेक स्थानमा जुना अखडा नामबाट आश्रम चलाएका थिए । पाइलट बाबाको निधन शोकमा जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाउने निर्णय भएको छ । उनको अन्तेष्टि भोलि (बुधबार) भारतको हरिद्वारमा हुने जानकारी प्राप्त भएको छ ।

बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)बाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका पाइलट बाबा सन्‌ १९५७ मा भारतीय वायु सेनामा प्रवेश गरेका थिए । वायुसेना पाइलटका रूपमा उनले १५ वर्षसम्म सेवा गरेका थिए ।

उनले सन्‌ १९६२, १९६५ र १९७१ मा चीन र पाकिस्तानविरुद्धको युद्धमा समेत भाग लिएका थिए । कम उचाइमा उडान भर्दै कीर्तिमान कायम गरेका पाइलट बाबालाई भारत सरकारले वीर चक्र लगायत विभूषणबाट सम्मान गरेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १० : २९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका