कात्तिक १० गते जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण हुने  « Khabarhub

कात्तिक १० गते जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण हुने 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– साङ्गीतिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको छ । यही कार्तिक १० गते शनिबार भूमि फाउन्डेसनले भूमि लोक उत्सवको आयोजना गर्न लागेको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गर्न लागिएको जानकारी दिए ।

आधुनिकतासँगै मिथिला क्षेत्रका लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण प्रवर्द्धनमा महोत्सवको विशेष योगदान हुने उनले बताए ।

भूमि लोक उत्सवमा ख्यातिप्राप्त सङ्गीत साधकहरू सहभागी हुने बताउँदै उनले उत्सव अवधिभर मधेश र मिथिला क्षेत्रको झल्को दिने गरी लोक झाँकी, लोक नाच प्रदर्शन गरिने कार्यक्रम रहेको जानकारी दिए ।

गौरवमय इतिहास बोकेको मधेश तथा मिथिला क्षेत्रको साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई वृहत् मञ्चमा उजागर गर्दै, आञ्चलिक, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको भूमि लोक उत्सवको दोस्रो संस्करण यही कार्तिक १० गते शनिबार आयोजना गर्न लागिएको जानकारी दिँदै झाले राष्ट्रिय मूलधारबाट बहिष्करणमा परेका मधेश र मिथिला क्षेत्रका समृद्ध कला तथा सांस्कृतिक अभिव्यक्तिको संरक्षण र पुनरुत्थानमा सहयोग गर्ने उत्सवको मुख्य लक्ष्य रहेको बताए ।

भूमि लोक उत्सवको दोस्रो संस्करणमा छनोट गरिएका प्रस्तुतिमा नेपाल र सीमाञ्चलका सुन्दर भौगोलिक तथा सामुदायिक विविधता झल्कने झाको दाबी छ ।

पूर्वी पहाडका लिम्बू समुदायको सङ्गीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत् संसारमा फैलाउन सफल प्रख्यात गायिका एवम् शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका डा. रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्यसमूह मिथिला नाट्यकला परिषद् (मिनाप) देखि समसामयिक नेपाली आधुनिक सङ्गीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए ।

अध्यक्ष झाले मधेश र मिथिला क्षेत्रको सङ्गीत र कलाको संरक्षण एवम् पुनरुत्थान अहिलेको ठूलो आवश्यकता रहेको बताउँदै भूमि लोक उत्सवले मधेशको सांस्कृतिक पुनर्जागरणमा महत्त्वपूर्ण सहजीकरण गर्ने बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार स्थानीय कलाकारसँग जनकपुरधाममा प्रत्येक वर्ष एउटै मञ्चमा प्रस्तुत हुँदा यस क्षेत्रका युवा पुस्ता आफ्नो मौलिक कलाप्रति उत्साहित हुनेछन् ।’

उत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ ।

जनकपुरधामको तिरहुतिया गाछीमा कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुने उनले बताए ।

उत्सवमा विभिन्न १२ वटा समूहका गरी कूल ५० जनाभन्दा बढी कलाकारहरूको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह