सुपर स्टार नाडालको खेल जीवनको अन्त्य : अन्तिम खेलको हारले बनायो भावुक « Khabarhub

सुपर स्टार नाडालको खेल जीवनको अन्त्य : अन्तिम खेलको हारले बनायो भावुक


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

स्पेन – टेनिस सुपर स्टार राफेल नाडालले जीवनको अन्तिम खेलमा हारमा सामना गरेका छन्। स्पेनको मालागामा भएको नेदरल्यान्ड्ससँगको डेभिस कपको खेलमा नाडाल सम्मिलित स्पेनले पराजयको सामना गरेको छ।

२२ ग्रान्ड स्लाम विजेता नाडालले केही समय अघि मात्र यो टिम इभेन्ट नै खेल जीवनको अन्तिम प्रतियोगिता भएको घोषणा गरेका थिए।

वेस्ट अफ थ्रीको सुरुवाती खेलमै ३८ वर्षीय नाडाल बोस्टिन भान डे गान्डसचपपसँग ६–४, ६–४ ले पराजित भएका थिए। अर्को खेलमा स्पेनका प्रमुख खेलाडी कार्लोस अल्कारेजले टालन ग्रिक्सपोरलाई ७–६, ६–३ ले हराएपछि स्पेनको आशा जागेको थियो।

निर्णायक युगल खेलमा गान्डसचप र वेस्ली कोल हफको जोडीले अल्काराज र ग्रानोलर्सको जोडीलाई ७–६, ७–६ ले हराएपछि स्पेनले पराजय स्वीकार गरेको हो।

‘मैले जितेका धेरै उपाधि महत्त्वपूर्ण होलान्। तरमालोर्काको सानो गाउँमा जन्मिएर म राम्रो मान्छे बन्न सकेँ या सकिनँ भन्ने प्रमुख हो,’ आँसु बगाउँदै नाडालले भने।

‘मैले कठिन लागेका सपना पनि पुरा गरेँ,’ आँसु बगाउँदै उनले भने। जितसहित सेमिफाइनल प्रवेश गरेको डच टोलीले खुसी मनाइरहँदा स्पेनका खेलाडी भावुक भएर नाडाललाई हेरिरहेका थिए। ११ हजार ५०० दर्शक क्षमता रहेको पालासिटो डे डेपोर्टो एरेनामा उपस्थित दर्शक खेलको समाप्तिपछि पनि भाव विभोर भएर भनिरहेका थिए, ‘राफा, राफा..।’

नाडाल अन्त्यमा कोर्टमा जाँदा उनलाई सबै दर्शकले उठेर अभिवादन गरेका थिए। परिवार सहितको उपस्थित उनको सम्मको उपस्थित धेरैले उनकै नाम लेखिएको टी सर्ट लगाएका थिए। उनले स्पेनिस भाषामा आफ्नो भनाइ राखेपछि मूल बत्ती निभेको थियो। धेरैले उनलाई धेरेका थिए।

सोही समयमा संसारमा एक से एक लिजेन्डको सन्देश पढेर सुनाइएको थियो। यसमा रोजर फेडरर, नोभाक जोकोभिक, सेरेना विलियम्स र एन्डी मुरे लगायतको सन्देश थियो। यसैगरी फुटबल स्टार डेभिड बेक्हयाम, अन्द्रेइ इनेस्टा, राउल गोन्जालोज र गल्फ खेलाडी सर्जियो गार्सिया लगायतले सो सन्देश पठाएका थिए।

नोभाक जाकोभिकपछि सबै भन्दा धेरै ग्रान्डस्लाम जितेका नाडाल क्ले कोर्टका बादशाह मान्छिन्। उनले रोनाल्ड ग्यारोसमा १४ पटक फ्रेन्च ओपन उपाधि जिते। ११६ खेलमा उनले त्यहाँ ११२ मा सफलता पाए। कुनै पनि खेलाडीले एउटै ग्रान्डस्लाम त्यत्ति धेरै पटक जितेका छैनन्। उनले चार पटक यूएस ओपन पनि जिते। अस्ट्रेलियन ओपन र यूएस ओपन दुई पटक जितेका थिए। स्पेनका लागि ओलम्पिकमा एकल र युगलमै स्वर्ण पदक दिलाएका उनले चार पटक डेभिस कप पनि जितेका थिए। यस मध्यको अन्तिम सन् २०१९ हो।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ४६ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि