‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा « Khabarhub

‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका– ५ भुजेल गाउँस्थित चित्ताकर्षक ‘सानो आँधीमूल’ संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिक मात्र नभइ बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ।

आँबुखैरेनी गाउँपालिका– १ यान्चोकस्थित आँधीमूलकै झल्को दिने मूल भएको सानो आँधीमूलको संरक्षण भएमा धार्मिक पर्यटकीयस्थलका साथै वनभोजस्थलका रूपमा स्थापित गर्नसकिने स्थानीयवासी नारायण लामिछानेले बताए ।

आँधीमूल धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा प्रख्यात रहेकाले यसलाई पनि सोहीस्थानलाई झैँ विकास गर्नुपर्ने उनको भनाइ छ । यहाँ पानीको मूलमा तीन मिटर काठको धारा छ । वरपर विशाल वृक्ष छन् जसले उक्त क्षेत्रको सौन्दर्य बढाएको छ । सो क्षेत्र आसपासमा ४८ रोपनी सरकारी जग्गा रहेकाले यसलाई वनभोजस्थलका रूपमा विकास गर्न सकिने लामिछानेको तर्क छ ।

सो स्थानमा मन्दिर, पोखरी, पाटी, भवनलगायत पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकालाई आग्रह गरिएको स्थानीयवासी तामप्रसाद भट्टले बताए ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उक्त ठाउँको प्रवर्द्धनका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी बजेटमा उक्त स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न रकम विनियोजन गरिने उनको भनाइ छ ।

सानो आँधीमूलसम्म पुग्न कच्ची बाटो, विद्युतलगायत पूर्वाधारको व्यवस्था भएको छ । पृथ्वी राजमार्गको याम्पाफाँटबाट–थुम्का–भुजेल गाउँ हुँदै उक्त स्थानमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ५४ बजे

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको