देउवाको गृहप्रदेशमा कोइरालालाई बाजागाजासहित स्वागत | Khabarhub Khabarhub

देउवाको गृहप्रदेशमा कोइरालालाई बाजागाजासहित स्वागत


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आशन्न १५औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।

गत मंसिर २२ मा आफ्नो गृहनगर विराटनगरमा पार्टीको कोशी प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश भेला बहिष्कार गरेका नेता कोइराला शुक्रबार आफूनिकट केही नेताहरूका साथ कैलालीको धनगढी पुगेका हुन् ।

कांग्रेसको कोशी प्रदेश कार्यसमितिले प्रदेश भेला आयोजना गर्नुअघि उनी विराटनगर महानगरपालिका कार्यसमितिको संयोजनमा आयोजित कोशी प्रदेशको पालिकास्तरीय सभापतिहरूको भेलामा सहभागी भएका थिए । उक्त भेलालाई कांग्रेसको संस्थापन पक्षले रोक्न खोजेको थियो ।

कोशी प्रदेशअन्तगर्तका पालिका सभापतिहरूको भेला राखेर विराटनगरमा गरिएको शक्ति प्रदर्शनपछि कोइराला सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरेर धनगढी पुगेका हुन् । उनलाई धनगढी विमानस्थलमा कांग्रेस कार्यकर्ताहरूले बाजागाजासहित लामो लाइन लागेर भव्य स्वागत गरेका छन् ।

नेता कोइरालाले शुक्रबार प्रदेशका नौ जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी अहिले धनगढीको रुबस होटलमा जिल्लागत रूपमा नेता–कार्यकर्ताहरूसँग भेट गरिरहेका छन् ।

भेटघाटका लागि क्रमशः कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका नेता–कार्यकर्ताका लागि समय तालिका मिलाइएको छ । दिउँसो १ बजे कञ्चनपुरबाट सुरु गरेर बेलुकी साढे ५ बजे बाजुराका नेता–कार्यकर्तासँग छलफल गरेर शुक्रबारको भेटघाट कार्यक्रम सम्पन्न गर्ने गरी सचिवालयले कार्यतालिका बनाएको छ ।

नेता कोइरालाले शनिबार बिहान पार्टीका भ्रातृ संस्थाहरूसँग सामूहिक छलफल गर्ने कार्यतालिका रहेको छ । यस्तै उनले कांग्रेसका शुभेच्छुक संघ–संस्थासँग पनि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रातृ संस्थाहरूसँग शनिबार बिहान ८ बजे र शुभेच्छुक संघ–संस्थासँग बिहान साढे ८ बजेका लागि समय निर्धारण गरिएको छ ।

नेता कोइराला शनिबार नै नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : १४ बजे

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको