दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्चले यसअघि बन्दीसहित उपस्थित गराउने आदेश दिएको थियो ।

आदेशअनुसार शुक्रबार प्रसाईंलाई सर्वोच्चमा हाजिर गराइएको थियो। सर्वोच्चमा हाजिर गराइएका प्रसाईंलाई न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

उनले साइबर अपराधसम्बन्धी मुद्दामा धरौटी तिरेर रिहा भए पनि प्रहरीले दु:ख दिने मनसाय राखेर फेरि पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रसाईंलाई गत मंसिर ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

उक्त मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीका आधारमा पुन: पक्राउ गरेको थियो। सर्वोच्चको आदेशपछि क्यान्सरपीडितसमेत रहेका प्रसाईं अब रिहा हुने छन् ।

हेर्नुहोस् अदालतको निर्णय :

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ३६ बजे

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन