डस्टबिन घरको कुन दिशामा राख्ने ? « Khabarhub

डस्टबिन घरको कुन दिशामा राख्ने ?


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

प्रायः शहरी क्षेत्रका हरेक घरमा डस्टबिन राखिएको हुन्छ । यति मात्र होइन, सडकमा विभिन्न चोक चोकमा पनि राखिएको पाइन्छ ।

डस्टबिन जथाभावी फोहोर नहोस् भनेर यसको सङ्कलनका लागि राखिएको हुन्छ । वास्तु शास्त्रले फोहोर राख्ने डस्टबिनलाई पनि कुन दिशामा राख्नु सही या गलत भनेर निर्धारण गरेको छ ।

वास्तुशास्त्र अनुसार घर अथवा कार्यालयमा दक्षिण–पश्चिम दिशामा डस्टबिन राख्न शुभ मानिएको छ । यो दिशा बरबादी र विसर्जनसँग सम्बन्धित छ ।

वास्तुका अनुसार यस दिशामा डस्टबिन राख्नाले अनावश्यक चिन्ता हट्छ र प्रगतिको बाटो खुल्छ ।

त्यसै गरी घरको उत्तर–पश्चिम दिशामा डस्टबिन राख्दा जीवनमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।

अन्य दिशामा राख्दा के हुन्छ ?
मूल ढोकाको ठिक अगाडि डस्टबिन राख्नु वास्तुमा अशुभ मानिन्छ । यसले गम्भीर बिरामी र परिवारका सदस्यहरूलाई विपत्ति निम्त्याउँछ ।

वास्तुशास्त्रका अनुसार घरको उत्तर दिशामा डस्टबिन राख्नाले जागिर वा व्यवसायमा सफलता मिल्ने सम्भावना कम हुन्छ ।

घरको उत्तर–पूर्व दिशामा डस्टबिन राख्नाले परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

दक्षिण–पूर्व दिशा राख्दा अनावश्यक धन खर्च हुने सम्भावना बढ्छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र