आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज हरियो अंगुरको प्रतिकेजी १८० रुपैयाँ, कालो अंगुर २८०, केरा दर्जनको १२०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८०, स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३६, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १६०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लौका ६०, लोकल सेतो मूला १०, रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तोरीको साग ४०, रायोको साग ३०, चमसुर, पालुँगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज १०० र पुदिना ३२०, ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६०, डल्ले भान्टा र लाम्चो भान्टा ६०, भिण्डी ७०, र हरियो धनियाँ ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : २३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको