हिमपात पछि कालिञ्चाेक क्षेत्रमा बढे पर्यटक « Khabarhub

हिमपात पछि कालिञ्चाेक क्षेत्रमा बढे पर्यटक


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा गत मंगलबार परेको हिमपातले भक्तजनको भिड लागेको छ ।

कालिञ्चाेक भगवतीको दर्शन गर्न तथा कुरी घुम्न शुक्रवार र शनिबार दशहजार भन्दा धेरै आन्तरिक तथा बाह्र पर्यटक कालिञ्चाेक पुगेका हुन् ।

कात्तिक पछिकै धेरै भक्तजन तथा कालिञ्चाेक घुम्ने पर्यटक बढेको स्थानीयले बताएका छन् । हिमपात पछिको पहिलो, दोस्रो र तेस्रो दिनको तुलनामा शुक्रवार र शनिवार भक्तजनको भिड लागेको स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चाेकका सञ्चालक चन्द्रकुमार लामाले बताए ।

शुक्रवार पैदल सँगै केबलकार मार्फत मन्दिर स्थल पुग्ने भक्तजनको लाइन नै लागेको लामाले बताए।पछिल्लो ६ महिनाको तुलनामा शुक्रबार यहाँका होटलहरु भरिभराउ देखिएका थिए भने,कतिपय बाहिरै समेत क्याम्प बनाएर आगो ताप्दै रमाइलो गरेको गरेका थिए ।

उनको होटलका सबै रुम बुकिङ भएकाले कतिपय जिल्ला भित्रका पर्यटकलाई सुताउन समेत रुम अभाव भएको लामाले  बताए । तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो ।

मंगलबार परेको हिउँ पग्लिएर पातलो बने पनि शुक्रबार र शनिबार करिब दश हजारले कालिञ्चाेकको भ्रमण गरेको रिसोर्ट सञ्चालक लामाले बताए ।

शुक्रबार र शनिबार हिउँ पातलो भएर समस्या भो, नभए भारत र बङ्गलादेशका पर्यटकको आगमन बाक्लो रूपमा थेगिन सक्नु हुन्थ्यो ,तैपनी हिउँ परेपछी यो शुक्रवार र शनिवार यस वर्षकै बैशाख पछि कुरी बजारमा मात्रै ११ हजार जति पर्यटकहरू भित्रिएका छन् तामाङले भने, अघिल्ला वर्षको जस्तो हिमपात हुने हो भने, जिल्ला आर्थिक सँगै व्यापारी चहलपहल बढ्ने उनले सुनाए ।

तराईका जिल्ला तथा छिमेकी देश भारत र बङ्गलादेशका पर्यटकले समेत कालिञ्चाेक आउनको लागि दिनमा दर्जनौं पटक फोन गरेर हिमपातको बारेमा बुझ्ने गरेको उनले बताए ।

मंगलबार करिब ३ घन्टा परेको हिउँ बिलाएकोले बाहिरी  पर्यटक आउन नसकेको लामाले बताए । कालिञ्चाेकको हिमपातले समग्र जिल्लाको व्यापार व्यवसायमा समेत टेवा पुग्ने उनले सुनाए।

माघ पहिलो साता परेको हिमपातले थोरै भएपनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको उनले बताए।

सुबास बस्नेत 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ११ : ४२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको