माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा « Khabarhub

माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउँदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगायतका प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका थिए  । माइतीघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

माइतीघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रूपमा प्रदर्शन हुँदै आएको छ । सुरक्षाको कारण देखाउँदै प्रशासनले माइतीघरमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी हुनु अघि विभिन्न समूहहरूले माइतीघरमा धर्ना, अनसन, प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई