माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा « Khabarhub

माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउँदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगायतका प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका थिए  । माइतीघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

माइतीघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रूपमा प्रदर्शन हुँदै आएको छ । सुरक्षाको कारण देखाउँदै प्रशासनले माइतीघरमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी हुनु अघि विभिन्न समूहहरूले माइतीघरमा धर्ना, अनसन, प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र