तीन विकेटपछि नेपालविरुद्ध सम्हालियो न्युजिल्यान्डको ब्याटिङ लाइन | Khabarhub Khabarhub

तीन विकेटपछि नेपालविरुद्ध सम्हालियो न्युजिल्यान्डको ब्याटिङ लाइन


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालसँग प्रतिस्पर्धा गरिरहेको न्युजिल्यान्डको ब्याटिङ लाइन सम्हालिएको छ । १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्ड त्यसपछि सम्हालिएर खेलेको हो ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट गुमाएको थिएन । नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा उसको तीन विकेट लिएको थियो ।

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे ।

१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे । स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए ।

दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ‘डी’ मा रहेका नेपाल र न्युजिल्यान्डले अहिले खेलिरहेका छन् ।

नेपालविरुद्ध न्युजिल्यान्डका स्नेहिथ रेडीले अर्धशतक हानेका छन् । धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा उनले ६८ बलमा ४ चौकाको मद्दतमा अर्धशशतक बनाए । उनलाई साथ दिएका कप्तान ओस्कर ज्याकसनले ३६ रन बनाएका छन् ।

ताजा अवस्थामा न्युजिल्यान्ड ३२ ओभरमा तीन विकेट गुमाएर १४४ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : १३ बजे

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि