रौतहटमा एसपी रेग्मीसहित २५ जनाले गरे रक्तदान | Khabarhub Khabarhub

रौतहटमा एसपी रेग्मीसहित २५ जनाले गरे रक्तदान


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

रौतहट–  २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी ११ न. गण हेड क्वाटर गौरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरको सहयोगमा आइतबार एक समारोहका बिच एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मी सहित संगठनका २५ जनाले रक्तदान गरेको रेडक्रस सोसाइटी गौरका अध्यक्ष राज किशोर यादवले बताएका छन्।

रौतहट स्थित प्रादेशिक अस्पताल गौरमा उपचाररत बिरामीलाई आकस्मिक रगतको अभाव हुँदा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पटक पटक रक्तदान गर्दै आएका छन्।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : १६ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको