लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक जना महिलाको हत्या गरेको आरोप लागेका फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शोभाभगवतीस्थित एक घरमा तनहुँको भिमाद घर भएका सफिना मियाको हत्या गरी फरार रहेका भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

शोभाभगवतीस्थित सरिता गिरीको घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । शव गलेको अवस्थामा रहेकाले तीन महिना अघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्र बहादुर खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार सफिना मियालाई हत्या गरि इकरामुल भारत भागेका थिए । त्यसपछि काठमाडौं फर्केका इकरामुललाई कालीमाटीबाट पक्राउ गर्न सफल भएको खत्रीले बताए ।

काठमाडौं आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिभिङ टुगेदरका क्रममा आपसी वादविवाद भएपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । हत्या गरेपछि ढोकामा ताला लगाएर भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको