न्यूजिल्याण्डविरुद्ध संकटमा नेपाल, ९० रन बनाएर आउट भए अर्जुन कुमाल « Khabarhub

न्यूजिल्याण्डविरुद्ध संकटमा नेपाल, ९० रन बनाएर आउट भए अर्जुन कुमाल


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तरगत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालका ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएका छन् । एक सय चार बलको सामना गरेका अर्जुनले १२ चौकाको मदतमा ९० रन बनाएका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको खेल सकिँदा आठ विकेट गुमाएर एक सय ८३ रन बनाएको छ ।

नेपाल अर्जुन कुमाल, गुल्शन झा, कप्तान देव खनालसहित ८ ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।कप्तान खनाल ३६ रन बनाएर आउट भए भने गुलशन झा र आकाश त्रिपाठी २–२ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको थियो  ।न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

त्यसैगरी, नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०० बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार