मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा | Khabarhub Khabarhub

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ – यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।

सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार करिणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार निर्वाचनको मिति नजिकिएसँगै बागलुङसहित गण्डकी प्रदेशका जिल्ला जिल्लामा मतदाता भेटघाटमा व्यस्त छन् । उनीहरू मतदाताका रुपमा रहेको स्थानीय तहको सरकारप्रमुख उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुबीच भेटघाट र परिचय कार्यक्रमका लागि बागलुङ आएका हुन्।

यहाँ आयोजित कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्ष तथा यहाँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेशसभा सदस्यहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रियसभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफूहरु अहिले पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेको बताए । “संविधान र व्यवस्थामाथि नै प्रहार भएपछि बनेको गठबन्धनको आवश्यकता अहिले पनि छ”, उनले भने, “अहिले पनि गठबन्धन नै गरेर निर्वाचनमा जाँदैछौँ, जनतामा आशा जगाउने गरी काम गर्नका लागि सरकारलाई सघाउने र जनताको प्रतिनिधिका रुपमा सरकारलाई सही मार्गमा हिँडाउनका लागि निरन्तर प्रयत्न गर्छौैं ।”

राष्ट्रियसभा सदस्य उम्मेदवार मनरुपा शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नका लागि आफूलाई राष्ट्रियसभामा भूमिका खेल्ने बताउँदै मत मागे । उनले गठबन्धनलाई मत माग्न जिल्ला जिल्लामा पुग्ने कार्यक्रमअन्तर्गत बागलुङ आएको बताए ।

राष्ट्रियसभा सदस्यका उम्मेदवार पदमबहादुर परियारले हरेक क्षेत्रलाई समावेशी बनाउन, स्थानीय तहलाई बलियो बनाउन भूमिका खेल्ने बताए। कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मर्मअनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामहान्त्री विष्णु लामिछानेले सबै एक ढिक्का भएर निर्वाचन जित्ने वातावरण सृजना गर्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ४४ बजे

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली

अन्तिममा बिक्री भए शरद, एनपीएल चितवनबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई