श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या  « Khabarhub

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो।

हत्या भएकामा सात-आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन्।

‘घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो। 

घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ।

घटनापछि उनको खोजी गर्ने क्रममा घरनजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : १४ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक