आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ९ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २१ तारिख। चैत शुक्ल पक्षको त्रयोदशी तिथि। आज महावीर जयन्तीसमेत परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजको दैनिकी राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अचल सम्पत्ति प्राप्त हुनेछ।

वृष : दिन रमाइलोसँग बित्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवाको अवसर देखिन्छ। मनपर्ने साथीसँगको भेटले खुशी मिल्नेछ।

मिथुन : अनावश्यक झन्झटमा पर्ने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : न्यायको क्षेत्रमा सफलता मिल्नेछ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा मन जानेछ। धेरै कमाउने भन्दा पनि परोपकार गर्ने दिन हो।

सिंह : सामाजिक काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारसँग सन्तुष्टि मिल्नेछ।

कन्या : परिवारको माया प्राप्त हुने दिन छ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। मनोरञ्जनमा सहभागी हुने योग रहेको छ।

तुला : बलले भन्दा बुद्धिले काम गर्ने समय छ। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिक : मान र प्रतिष्ठा बढ्ने दिन छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

धनु : धार्मिक यात्रको योग रहेको छ। सुन्दर बन्न मन लाग्ने दिन हो। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। कतै प्रतिस्पर्धा गर्नु भएको भए निर्णय तपाईंको पक्षमा हुनेछ।

कुम्भ : बोलीको प्रभावले धेरै काम नहुने जोखिम छ। शत्रुपक्ष बलियो देखिएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीन : नाम र नाम कमाउने योग छ। आर्थिक क्षेत्रमा काम गर्दा सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : १४ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,