पर्यटकको रोजाईमा ‘उल्टो घर’ (फोटो फिचर) | Khabarhub Khabarhub

पर्यटकको रोजाईमा ‘उल्टो घर’ (फोटो फिचर)


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

मोरङ –  मोरङको मिक्लाजुङमा एउटा यस्तो घर बनेको छ की जसको छत भुइँपट्टी छ भने घरको जग आकाशपट्टी छ ।

मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् । स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौँ पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुईँमा, जगको भाग आकाशतिर देखिन्छ । घरभित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरू सबै उल्टो छन् ।

यो घरमा मानिसका ओछ्यान, सोफा तथा डाइनिङ टेबल अनि बाथरुम समेत माथिबाट तलपट्ट झुण्डिएका छन् ।घर बाहिर सानो गाडी राखिएको छ त्यो गाडीपनिको ल्चक्का आकसतिर फकाइएको छ । घर भित्र रहेको सबै सामान समेत उलेट देखेर अनौटो र अच्चमित लाग्ने गर्दछ ।

आगन्तुकका लागि खुल्ला गरिएसँगै त्यो घर हेर्नका लागि त्यहाँ धेरै मानिस पुगेका छन् । मानिसहरु घरभित्र जाँदा झनै अचम्म पर्छन् जब सबै कुरा उल्टो देख्छन् । अनि घरभित्रका सामान छोएर फुरुंग हुँदै फोटा खिचाउँछन् ।

निसेलुङ पर्यटन प्रवर्द्धन समितिले उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो । विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि अपनाएको छ ।

पर्यटक अर्कषक गर्न बनाइएको उल्टो घरमा भने मानिस भने बस्ने गरेका छैनन् ।यसअघि ताइवानमा पनि यूतै उलटो घर निर्माण गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १० : २९ बजे

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका