पर्यटकको रोजाईमा ‘उल्टो घर’ (फोटो फिचर) « Khabarhub

पर्यटकको रोजाईमा ‘उल्टो घर’ (फोटो फिचर)


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

मोरङ –  मोरङको मिक्लाजुङमा एउटा यस्तो घर बनेको छ की जसको छत भुइँपट्टी छ भने घरको जग आकाशपट्टी छ ।

मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् । स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौँ पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुईँमा, जगको भाग आकाशतिर देखिन्छ । घरभित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरू सबै उल्टो छन् ।

यो घरमा मानिसका ओछ्यान, सोफा तथा डाइनिङ टेबल अनि बाथरुम समेत माथिबाट तलपट्ट झुण्डिएका छन् ।घर बाहिर सानो गाडी राखिएको छ त्यो गाडीपनिको ल्चक्का आकसतिर फकाइएको छ । घर भित्र रहेको सबै सामान समेत उलेट देखेर अनौटो र अच्चमित लाग्ने गर्दछ ।

आगन्तुकका लागि खुल्ला गरिएसँगै त्यो घर हेर्नका लागि त्यहाँ धेरै मानिस पुगेका छन् । मानिसहरु घरभित्र जाँदा झनै अचम्म पर्छन् जब सबै कुरा उल्टो देख्छन् । अनि घरभित्रका सामान छोएर फुरुंग हुँदै फोटा खिचाउँछन् ।

निसेलुङ पर्यटन प्रवर्द्धन समितिले उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो । विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि अपनाएको छ ।

पर्यटक अर्कषक गर्न बनाइएको उल्टो घरमा भने मानिस भने बस्ने गरेका छैनन् ।यसअघि ताइवानमा पनि यूतै उलटो घर निर्माण गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १० : २९ बजे

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस