सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ | Khabarhub Khabarhub

सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको नामै उल्लेख गरेर छानबिन समिति बनाउँदा कुनै आपत्ति नहुने जनाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा सत्तापक्ष उत्रिइरहँदा कांग्रेसले यस्तो उल्लेख गरेको हो ।

प्रतिनिधि सभा बैठकमा मंगलबार कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले गृहमन्त्री लामिछानेले आइतबारको बैठकमा उपसभापति गुरुङ र महामन्त्री थापामाथि गम्भीर लाञ्छना लगाएको भन्दै नामै किटेर छानबिन समिति बनाउन सरकारलाई चुनौती दिएका हुन् ।

‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाल्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु। के कस्तो खालको टीओआर बनाउनु पर्ने हो बनाउनुस्,’ उनले भने, ‘हाम्रा उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् ।’

पाण्डे छानबिनमा उपसभापति गुरुङ र महामन्त्री थापा दोषी देखिए सरकारले कांग्रेसका जुनसुकै नेतामाथि पनि कारबाही गर्न सक्नेसमेत बताए ।

‘छानबिनको निष्कर्ष, निचोडमा हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने उपसभापति र महामन्त्री त के कांग्रेसका को कोलाई कारबाही गर्नुहुन्छ, गर्नुस्,’ पाण्डेले भने, ‘यो मेरोमात्रै नभएर कांग्रेसको संस्थागत निर्णय हो । हिजो बसेको संसदीय दलकोे निर्णय हो ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : २१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित