कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने | Khabarhub Khabarhub

कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

पाटन– काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ । 

निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने र ललितपुरतर्फको ‘सिङ्गल लेन’ भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुन्छ ।

गत वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ‘ट्र्याक’ खन्न सुरू गरिएकामा सो काम विसं २०१६ मा सकिएको थियो । 

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेको छ । यसमध्ये बुद्धचोकदेखि—टीकाभैरवसम्म ७९ किमी सडक आयोजनाले निर्माण गर्ने र बाँकी खण्ड निर्माण गराउने जिम्मा सडक डिभिजन कार्यालय ललितपुरले लिएको छ । 

यसअघि नै टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्मको सडक चौडा पार्ने काम पूरा भइसकेको छ । स्थानीयको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि विसं २०७६ सालमा सरकारले निर्णय गरेर सडकखण्ड टीकाभैरबबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको थियो ।

 भैँसेपाटीसम्म सडक चौडा भइसकेको छ भने छम्पी टीकाभैरब खण्ड चौडा गर्न बाँकी छ । 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : ५७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका