कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने « Khabarhub

कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

पाटन– काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ । 

निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने र ललितपुरतर्फको ‘सिङ्गल लेन’ भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुन्छ ।

गत वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ‘ट्र्याक’ खन्न सुरू गरिएकामा सो काम विसं २०१६ मा सकिएको थियो । 

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेको छ । यसमध्ये बुद्धचोकदेखि—टीकाभैरवसम्म ७९ किमी सडक आयोजनाले निर्माण गर्ने र बाँकी खण्ड निर्माण गराउने जिम्मा सडक डिभिजन कार्यालय ललितपुरले लिएको छ । 

यसअघि नै टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्मको सडक चौडा पार्ने काम पूरा भइसकेको छ । स्थानीयको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि विसं २०७६ सालमा सरकारले निर्णय गरेर सडकखण्ड टीकाभैरबबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको थियो ।

 भैँसेपाटीसम्म सडक चौडा भइसकेको छ भने छम्पी टीकाभैरब खण्ड चौडा गर्न बाँकी छ । 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : ५७ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको