दशगज्जा क्षेत्रको सरसफाई | Khabarhub Khabarhub

दशगज्जा क्षेत्रको सरसफाई


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा दशगज्जामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रूपमा सरसफाई गरेका छन्।

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, दुवै देशका जनप्रतिनिधि,भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त रूपमा दशगज्जा सरसफाइसँगै अन्तर्क्रिया कार्यक्रम समेत गरेको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरैया सहित सशस्त्रका ४५ जना, नेपाल प्रहरीका ३ जना , एसएसबीका १४ जना र स्थानीय गरी झन्डै १५० जनाको टोलीले मंगलबार हात हातमा झाँडु लिएर इशनाथ १ बनजरहा स्थित ३४६.६ नम्बर सीमास्तम्भ (पिलर) देखि, ३४६१७ नम्बर पिलर सम्म दशगज्जा क्षेत्रमा झण्डै ८०० मिटर सरसफाई गरेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताएका छन्।

सरसफाइपछि ईशनाथ नगरपालिकाकी मेयर कौशल्या देवीको प्रमुख आतिथ्य तथा दुबै देशका जनप्रतिनिधि सुरक्षा अधिकारीको सहभागीमा भएको अन्तरक्रिया कार्यक्रममा वर्षात् तथा मनसुनको समयमा हुनसक्ने बाढी डुबानबाट उत्पन्न हुने जोखिम, त्यसको समाधानको उपाय, विपदको समयमा फैलन सक्ने विभिन्न रोग तथा सुरक्षात्मक उपायको बारेमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

बैठकमा मेयर कौशल्या देवीका साथै सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईं, भारत बिहार घोडासहन ब्लक अन्तर्गत ग्राम पञ्चायत बलुवाका मुखिया महमद फारुक आलम, सीमा सुरक्षा बल एसएसबीका अधिकारीँसँगै दुवै देशका जनप्रतिनिधि तथा स्थानीय भद्र भलादमी गरी दुई सय भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी विक्रम हुमागाईं आएदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : ५१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार