सिरोहियाको गिरफ्तारी अत्यन्त निन्दनीय छ : अध्यक्ष पोखरेल « Khabarhub

सिरोहियाको गिरफ्तारी अत्यन्त निन्दनीय छ : अध्यक्ष पोखरेल


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिनु निन्दनीय भएको बताएका छन् ।

प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई कार्यालय समयभित्र कार्यकक्षमा पुगेर गिरफ्तार गरिनु निन्दनीय भएको उनले बताए । यो कार्यले सिंगो मिडिया क्षेत्र नै आंतकित भएको उनको भनाई छ ।

उनले भने, ‘खासगरी राज्यले कोही पनि नागरिकमाथि अनुसन्धान गर्न पाउँछ । त्यसमा कुनै बहस गर्नु आवश्यक छैन । तर, अनुसन्धानका पनि निश्चित विधि छन्, तौरतरिका छन् । एउटा मिडिया हाउस, त्यो पनि प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई जुन ढंगले कार्यालय समयभित्र कार्यकक्षमा पुगेर बलजफ्ती गिरफतार गर्नु अत्यन्त निन्दनीय छ । यसले सिंगो मिडिया क्षेत्रलाई नै आतंकित गरेको छ ।’

विश्वभर नै मिडिया हाउसभित्र प्रहरीको प्रवेशलाई राम्रो अभ्यास नमानिने उनले स्पष्ट पारेका छन् । उनले मिडिया हाउसलाई राज्य वा गैर राज्य दुवै पक्षले आंतकित गर्न नहुने बताएका छन् ।

‘संसार भरी नै मिडिया हाउसभित्र प्रहरीको प्रवेशलाई राम्रो अभ्यास मानिदैन ।किनकी हामीले स्रोतको संरक्षणको कुरा गछौं। सूचनाको सुरक्षाको कुरा गर्छौँ । त्यसकारण मिडिया हाउसलाई आतंकति गर्ने, जो पनि प्रवेश गर्ने, राज्यको होस कि गैर राज्य होस पस्न सक्ने अभ्यासलाई सही भन्न सक्दैनौँ । आज जुन ढंगले कान्तिपुरमा प्रहरीको प्रवेश भएको छ यसले शंक ागर्ने ठाउँ छ । फेरि यत्तिको प्रतिष्ठित मान्छेलाई, राज्यले पनि चिन्ने मान्छेलाई अनुसन्धानका लागि बोलाउँदा उहाँ आफैं पनि जानु हुन्थ्यो होला । तर, कार्यालय समयमा कार्यालयमै प्रवेश गरेर जसरी गिरफ्तार गरेको छ राज्यले सही चरित्र देखाउन सकेन । यसबाट राज्य आतंक भनेर ब्याख्या गर्ने ठाउँ दिएको छ । राज्यले अशल अभ्यास गरोस भन्ने चाहन्छौँ । यो घटनाले राज्यले अशल अभ्यास गरोस् भन्ने चाहनेहरु निराश भएका छौँ ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १० : ११ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा