अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी « Khabarhub

अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे। नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए। अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। सुरुवात राम्रो नभए पनि भारतको मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए।

कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए। विराट कोहलीले २४ बलमा २४ रन बनाउँदा ऋषभ पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन बनाएका थिए।

भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे। २८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। हार्दिक पाण्डेयले २४ बलमा ३२ रनको योगदान दिए। अन्तिम ओभर ब्याटिङ गर्न पुगेका अक्षर पट्टेलले १२ रन बनाए।

अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले तीनतीन विकेट हात पारे। सुपर ८ को पहिलो खेलमा भारतले अपराजित यात्रा कायमै राखेको हो। समूह १ मा भारत, अफगानिस्तानसँगै अस्ट्रेलिया र बंगलादेश छन्।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ३४ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन