अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी « Khabarhub

अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे। नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए। अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। सुरुवात राम्रो नभए पनि भारतको मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए।

कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए। विराट कोहलीले २४ बलमा २४ रन बनाउँदा ऋषभ पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन बनाएका थिए।

भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे। २८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। हार्दिक पाण्डेयले २४ बलमा ३२ रनको योगदान दिए। अन्तिम ओभर ब्याटिङ गर्न पुगेका अक्षर पट्टेलले १२ रन बनाए।

अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले तीनतीन विकेट हात पारे। सुपर ८ को पहिलो खेलमा भारतले अपराजित यात्रा कायमै राखेको हो। समूह १ मा भारत, अफगानिस्तानसँगै अस्ट्रेलिया र बंगलादेश छन्।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ३४ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको