राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा « Khabarhub

राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलनले राष्ट्रपति निर्वाचनको प्रचारका लागि पाँच करोड डलर चन्दा दिएका छन् । 

ट्रम्पका लागि काम गर्दै आएको ‘एमएजीए इंक’ नामक सुपर–प्याक फन्डले चुनाव आयोगलाई गत महिनामा आमनगरिकबाट ६.८ करोड डलरभन्दा बढी चन्दा लिएको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले पिट्सबर्गस्थित मेलन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएको समाचारमा उल्लेख गरेको छ । 

यस्तै अर्बपति लिज र डिक उइहलिनले पनि ट्रम्पलाई एक करोड डलर चन्दा दिएका छन् । अमेरिकी मिडियाका अनुसार ट्रम्पलाई न्युयोर्क हश–मनी केसमा दोषी ठहर गरेको एक दिनपछि मेलनले चन्दा पठाएका थिए । 

मेलनले राष्ट्रपतिका स्वतन्त्र प्रत्यासी रोबर्ट एफ केनेडी जुनियरलाई पनि दुई करोड डलर चन्दा दिएका छन् । मेलनद्वारा उपलब्ध गराइएको चन्दाबाट पछिल्ला केही सातामा ट्रम्पको टिमले चुनाव प्रचार–प्रसारमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : १० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको